काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एकमन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद् पुर्नगठनका विषयमा अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । उनीहरूबीच सचिवालयले तोकेको मापदण्डअनुसार मन्त्रिपरिषद् पुनर्गठनकाे तयारी भैरहेकाे छ । आजकै छलफलमा नयाँ मन्त्री र बिदाई गर्ने मन्त्रीको टुंगो लगाइनेछ ।
आजको मन्त्रिपरिषद् बैठकमा बिदाई गर्ने मन्त्रीहरुलाई जानकारी दिइने स्रोतको दाबी छ । ओली र प्रचण्डबीच २, ४ दिनमै मन्त्रिपरिषद् पुर्नगठन गर्ने सहमति भएकोले बिदाई हुने मन्त्रीहरुलाई थति रहेका काम सकाउन ४ दिन समय दिने उद्देश्यले आज जानकारी गराईन लागेको हो ।