बालाजु र स्वयम्भु बन्दैछन् कोरोनाको हटस्पट, महानगरमा ६१ जनाले ज्यान गुमाए

बालाजु र स्वयम्भु बन्दैछन् कोरोनाको हटस्पट, महानगरमा ६१ जनाले ज्यान गुमाए

काठमाडौं । काठमाडौ महानगरका १४ वटा वडामा एक सयभन्दा बढी संक्रमित छन् । सबैभन्दा धेरै संक्रमित वडा नम्बर १५ मा पर्ने स्वयम्भु क्षेत्रमा छन्। सो क्षेत्रमा ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ। बालाजु क्षेत्रमा ४८२ संक्रमित रहेका छन् भने एक जनाको मृत्यु भएको महानगरको तथ्यांक छ। वडा न ३ महारागञ्ज क्षेत्रमा ४ सय १५ जना संक्रमित रहेका छन् भने एक जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै संक्रमितको मृत्यु वडा नम्वर ५ हाँडीगाउँ क्षेत्रमा भएको छ। जहाँ ५ जनाको मृत्यु भएको छ। त्यस्तै वडा न १० बानेश्वरमा पनि ३ जना संक्रमितको मृत्यु भएको छ। उक्त क्षेत्रमा १ सय ९२ जनालाई कोरोना पुष्टि भएको छ। काठमाडौं महानगरपालिकामा हालसम्म ६१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । काठमाडौं महानगरले असोज ६ गते तयार पारेको तथ्यांक अनुसार ६१ संक्रमितको मृत्यु भएको उल्लेख छ। 

काठमाडौ महानगरमा मात्र ११ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ। महानगरका सबै वडामा संक्रमित पुगेका छन् भने धेरैजसो वडाका संक्रमितले ज्यान गुमाएका छन्। महानगरको पछिल्लो विवरणअनुसार हाल २ हजार २ सय ७९ जना होम आइसोलेसनमा रहेका छन्। हाल सक्रिय संक्रमितको संख्या ३ हजार भन्दा धेरै रहेको छ। संस्थागत आइसोलेनमा ८ सय ४४ र अस्पतालमा ४ सय ९८ जना रहेका छन्। यसरी संक्रिमत भएकामध्ये २ हजार २ सय ७९ जना संक्रमित होम आइसोलेसनमा छन्।

हालसम्म महानगरका ३ हजार २०६ जना निको भएका छन्। महानगरमा हालसम्म पिसिआर परीक्षण गराउनेको संख्या ११ हजार ९५१ छ।  

कुन वठामा कति संक्रमित ?