नेकपा सचिवालय बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

नेकपा सचिवालय बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक सकिएको छ। बैठकले मापदण्ड बनाएर नयाँ मन्त्री छान्ने बताएपनि आज नयाँ मन्त्री छान्न सकेन । 

बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्नेसम्बन्धमा एउटा मापदण्ड तयार गरेको छ । सोही मापदण्डअनुसार मन्त्री छान्ने जिम्मा भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

दुईवर्ष कार्यकाल पार गरेका र कार्यसम्पादन कमजोर भएका मन्त्रीहरुलाई पदबाट हटाउन ओली प्रचण्डलाई बैठकले निर्देशन दिएको छ । त्यसैगरी २ कार्यकाल निर्वाचन जितेर पनि अवसर नपाएका नेतालाई मन्त्रीमण्डलमा सहभागि गराउने कार्यविधि बनाइएको छ । 

साथै बैठकले सांगठनिक एकीकरणका बाँकी कामलाई पूरा गर्नका लागि १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ । 

सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।