काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सोमबारको सचिवालय बैठक स्थगित गरी मन्त्रिपरिषद् पुनर्गठन तथा बैठकमा प्रस्तावित एजेन्डाबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो ।
थप गृहकार्यका लागि भन्दै हिजोको बैठक स्थगित गरिएको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा मुख्य गरी चार एजेण्डामा छलफल हुने एक नेताले जानकारी दिए । जसमा मन्त्रिपरिषद पुनर्गठन, राजनीतिक नियुक्ति, एकताको बाँकी काम, बिबिध रहेको उनले जानकारी दिए ।
साथै आजको बैठकले सरकारबाट फिर्ता बोलाउने मन्त्री र नयाँ मन्त्रीको नाम फाईनल गर्ने बताइएको छ ।