नेकपा सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे भयो यस्तो निर्णय

नेकपा सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे भयो यस्तो निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । आज पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको बाटो खुलेको छ । सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाउन भालि फेरि सचिवालय बैठक बस्ने भएको छ । 

मन्त्रिपरिषद् पुनर्गठनसहित चारवटा कार्यसूचीमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा मन्त्रिपरिषद्को पुनर्गठन, संवैधानिक नियुक्तिको आधार, बाँकी रहेका सांगठनिक एकता टुंग्याउने र विविध कार्यसूचीमा छलफल भएको छ ।

भोलि १ बजे पेरिसडाँडामै सचिवालय बैठक बस्नेछ । नयाँ मन्त्रीको मापदण्ड बनाएर छनौट गर्ने नेकपाको तयारी छ । स्रोतका अनुसार कम्तिमा १० जना मन्त्रीको सरकारबाट बहिर्गमन हुनेछ भने उनीहरुको स्थानमा अन्य नेताहरुलाई अवसर दिइने छ ।