काठमाडौं उपत्यकामा थपिए ७११ संक्रमित, कुन जिल्लामा कति थपिए ?

काठमाडौं उपत्यकामा थपिए ७११ संक्रमित, कुन जिल्लामा कति थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७० ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी जम्मा ७११ जनालाई कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आज १४४७ जना निको भएका छन् । हालसम्म ४५ हजार २६७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ। 

आज थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

कुन जिल्लामा कति थपिए ?