अस्पतालबाट डिस्चार्ज भए शशांक, पिसिआर रिपोर्ट भने पोजेटिभ नै

अस्पतालबाट डिस्चार्ज भए शशांक, पिसिआर रिपोर्ट भने पोजेटिभ नै

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । मंगलबार साँझबाट ओम अस्पताल भर्ना भएका कोइराला स्वास्थ्यमा सुधार आएपछि शनिबार डिस्चार्ज भएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

यद्यपि भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएका कोइरालाको शुक्रबार  गरिएको पिसिआर रिपोर्ट पनि पोजेटिभ नै आएको छ ।  तिवारीका अनुसार स्वास्थ्यमा सुधार भइसकेकाले एक हप्ता होम आइसोलेशनमा बस्ने गरी उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको हो । 

कोइरालालाई निमोनियाको शंका लागेपछि मंगलबार साँझबाट प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा उपचार गरिएको थियो ।