काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । बैठक आइतबारका लागि सारिएको नेकपा स्रोतले बतायो ।
शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टीले जनाएको छ। पार्टीको सचिवालय बैठक पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तयारी छ।
यसअघि सचिवालय र स्थायी कमिटिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको थियो। बैठकबाट मन्त्रिपरिषद् पुर्नगठनबारे र नयाँ मन्त्रीबारे निर्णय लिने तयारी थियो ।