कार्यकर्तालाई देउवाको सुझाव : 'मेरो होईन ओलीको विरोध गर्नुहोस्'

कार्यकर्तालाई देउवाको सुझाव : 'मेरो होईन ओलीको विरोध गर्नुहोस्'

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीका नेता कार्यकर्ताप्रति गुनासो गरेका छन्। पार्टीभित्र सभापतिको विरोध गर्नेले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए। नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिले प्रदेश ५ का नेता कार्यकर्तासँग गरेको भर्चुअल संवादमा देउवाले भने,‘शेरबहादुर देउवाको विरोधमा सबै बोल्छन्। ओलीको विरोधमा कोही बोल्दैनन्।’

कांग्रेसमा सभापतिको विरोध गर्ने छुट रहेको उनले सुनाए। ‘मेरो विरोध गर्न  त जसले पनि पाएकै छ नि। मेरो विरोध गर्नलाई ठूलो कुरा होइन,’ उनले भने । सभापतिको आलोचना गर्नेले वर्तमान सरकारको विरोध गर्न सक्नुपर्ने उनको भनाइ थियो। 

महाधिवेशनका लागि पार्टीको विधानभन्दा बाहिर चाहेर पनि जान नसक्ने उनले प्रष्टाए। उनले भने,‘अधिवेशन गर्नपर्छ मलाई थाहा छ। तपाईहरु किन शंका गर्नुहुन्छरु’ कोभिड( १९ को सन्दर्भमा बोल्दै देउवाले सरकार कोरोना रोकथाम र नियन्त्रणमा चुकेको बताए।

छुटाउनुभयो कि ?