काठमाडौं । नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएपछि काँग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । यससँगै उनी होम आइसोलेसनमा बसेका छन् ।
सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । देउवाका स्वकीय सचिव भानु देउवाले एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै सभापति बालुवाटार बैठकमा सहभागी नहुने निश्चित भएको बताए ।उनका अनुसार अहिले देउवाको स्वाब संकलनको तयारी भइरहेको छ ।
देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ । नेकपा अध्यक्षाद्धय केपी ओली र प्रचण्डले आज देउवासँग बैठक बसेर संबैधानिक निकायको वनयुक्तबारे निणार्य लिने तयारी गरेका थिए ।