मन्त्रिपरिषद् बैठक बस्दै, कुलमानबारे निर्णय हुने

मन्त्रिपरिषद् बैठक बस्दै, कुलमानबारे निर्णय हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न मन्त्रिपरिषद बैठक डाकेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत भएका कतिपय एजेण्डामा निर्णय गर्न १२ बजे मन्त्रिपरिषद बैठक बोलाइएको बताइएको छ । नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्तिको विषय पनि मन्त्रिपरिषद्मा विचाराधिन भएकोले आजको बैठकले त्यसबारे निर्णय लिइने बताइएको छ । 

साथै बैठकमा यही असोज ३ गते संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूका लागि घोषणा गरिने विभूषणको नामावली टुंग्याउने तयारी छ ।

यस्तै विभिन्न मुलुकमा रिक्त राजदूत तथा संवैधानिक निकायका रिक्त पदाधिकारीको पदपूर्तिको विषयसमेत टुंग्याउने तयारी भएको स्रोतले जनाएको छ ।