काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन थप ७३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उपत्यकामा एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो । बुधबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ७३७ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यसमध्ये काठमाडौंका ६५२, ललितपुरका ६० जना र भक्तपुरका २५ जना छन्। पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबारमात्रै एक हजार ६८ जना निको भई घर फर्किसकेका छन् भने थप ८ जनाले ज्यान गुमाएका छन्।