काठमाडौं । विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ। घिसिङ चारवर्षे कार्यकाल सकिएपछि प्राधिकरणबाट मंगलवारमात्र बिदा भएका थिए ।
यसै क्रममा काठमाडौंको माइतीघरमा घिसिङलाई प्राधिकरणमा दोहोर्याउनुपर्ने मागसहित उत्रिएकालाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। पानीको फोहोरा प्रहारपछि प्रदर्शनमा आइपुगेकाहरु तितरवितर भएका छन्।
घिसिङलाई प्रधिकरणमा दोहोर्याउनुपर्नेमा नेकपाभित्र २ मत देखिएको छ । उर्जमन्त्री वर्षमान पुन र कार्यकारी अध्यक्ष पुपकमल दाहाल घिसिङ दोहोर्याउनुपर्ने बताउदै आएका छन् भने प्रधानमन्त्री ओली नयाँ व्याक्तिलाई नियुक्ति गर्ने तयारीमा छन् ।