कोरोना संक्रमित शशांक कोइरालाको आईसीयूमा उपचार सुरु, रेम्डिसिभियर औषधि चलाइयो

कोरोना संक्रमित शशांक कोइरालाको आईसीयूमा उपचार सुरु, रेम्डिसिभियर औषधि चलाइयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोनाको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको छ। कोरोना पोजिटिभ देखिएपछि घरमै आइसोलेसनमा रहेका महामन्त्री कोइरालालाई मंगलबार साँझ एक्कासी ज्वरो आएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको थियो ।

कोइरालाई अस्पतालमै आइशोलेशनमा राखेर उपचार जारी राखिने भएको छ । कोइरालाको उपचारमा ओम अस्पतालका डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा सुवोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा प्रमोद सुन्दर श्रेष्ठ लगायतको टिम संलग्न रहेको छ।

कोइरालालाई रेम्डिसिभिर औषधि चलाएको अस्पताल स्रोतले जनाएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए। महामन्त्री कोइरालामा गत भदौ २३ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।