काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइराला अस्पताल भर्ना भएका छन् । गएराति एक्कासि शरीरको तापक्रम बढेपछि उनलाई ओम अस्पतालमा भर्ना गरिएको हो ।
महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले अस्पताल भर्नाको पुष्टि गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । “राति अचानक ज्वरो आएपछि उहाँलाई अस्पताल ल्याएका हौं । स्वास्थ्य अवस्था सामान्य छ,” उनले भने ।
महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता उनी होम आइशोलेशनमा रहेका थिए ।