मन्त्रिपरिषद् बैठकः वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय

मन्त्रिपरिषद् बैठकः वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको छ ।

सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आजको बैठकले कुलमान घिसिङलाई नेपाल विद्युत प्रधिकरणमा पुनः नियुक्ति गर्ने चर्चा भएपनि त्यसबारे कुनै निर्णय हुन सकेन ।