काठमाडौं उपत्यकामा थपिए ५१२ संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं उपत्यकामा थपिए ५१२ संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना गरी जम्मा ५१२ जना संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५२ हजार ३२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३९ हजार ५७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?