वामदेव र कुलमानबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै

वामदेव र कुलमानबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्नेछ ।  बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई दोहोर्याउने निर्णय गर्ने तयारी भैरहेको स्रोतले बतायो । घिसिङ कार्यकाल आइतवारबाट सकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मनस्थिति बुझेपछि मात्रै उर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लैजाने मन्त्रस्थिति बनाएका छन्। पुनले घिसिङलाई नै दोहोर्‍याउने प्रस्ताव लाने तयारी गरेका छन्।

यता नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय हुने बताइएको छ। नेकपाको १८ गते बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। तर, त्यसपछि मन्त्रिपरिषद् बैठकमा गौतमबारे छलफल भएको थिएन।

हिजोको भेटमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग वामदेवबारे निर्णय लिन आग्रह गरेका थिए । साथै हिजोको भेटमा ओली र प्रचण्डबीच असोज पहिलो हप्ता नै मन्त्रिपरिषद् पुर्नगठन गर्ने समझदारी पनि भएको बताइन्छ ।