उपत्यकामा थपिए ५९७ संक्रमित, कुन जिल्लामा कति ?

उपत्यकामा थपिए ५९७ संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं । काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना संक्रमित भएका हुन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

यस्तै काठमाडौंका ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६५ वर्षकी दुई महिला, ५९ वर्षका दुई, ६४ र ७९ वर्षका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलेआइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३८ हजार ६९७ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ । यसमध्ये पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएको थियो । 
कुन जिल्लामा कति थपिए ?