काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४३१ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १३९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ संक्रमित थपिएका हुन्। योसँगै काठमाडौंमा ९ हजार १ सय ३, ललितपुरमा १ हजार १ सय २९ र भक्तपुरमा ९०७ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा ८५२ जना निको भएका छन् भने ३७ हजार ५२४ जना हालसम्म निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये ३३६ पुगेको छ ।