काठमाडौं । काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ९६ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका ६ सय २० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना छन्।
अहिलेसम्म काठमाडौंमा ८ हजार १ सय ६ जना, ललितपुरमा एक हजार ५४ र भक्तपुरमा आठ सय ५२ जनामा संक्रमण देखिएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४ हजार ९ सय २५ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ।