मन्त्रिपरिषद् बैठक स्थगित, कुलमानबारे निर्णय भोलि मात्र हुने

मन्त्रिपरिषद् बैठक स्थगित, कुलमानबारे निर्णय भोलि मात्र हुने

काठमाडाैं । प्रत्येक विहीबार बस्ने नियमित मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको छ । सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले  मन्त्रिपरिषद् बैठक स्थगित भएको हो।

मन्त्रिपरिषद्को बैठक आज साँझ बोलाइएको थियो। तर, बिहान १० बजेतिर मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी दिइएको थियो।प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक भोलि बस्ने छ। मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ। घिसिङको पहिलो चार वर्षे कार्यकाल २९ भदौ, आइतबार सकिँदै छ। 

घिसिङ आफैंले केही दिनअघि विज्ञप्ती मार्फत् प्रधानमन्त्री ओली र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको नेतृत्व र योजना अनुसार आफुले काम गरेर परिणाम निकालेको बताएका थिए।

यता, नेकपाका सचिवालयका एक नेताका अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सोमबार बिहान भएको भेटवार्तामा घिसिङको पुनर्नियुक्तिबारे छलफल भएको थियो । 

छुटाउनुभयो कि ?