काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको कोरोनाको रिपोर्ट शंकास्पद आएपछि पुनः परीक्षण गरिएको छ । सोमबार भएको परीक्षणको रिपोर्ट शंकास्पद आएको भन्दै उनको आज पुनः परीक्षण गरिएको हो ।
धुम्बाराहीको ह्याम्स अस्पतालमा स्वाब दिएका कोइरालाको रिपोर्ट शंकास्पद आएपछि रिकन्फर्म भइरहेको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले जानकारी दिए।
उनले भने, 'उहाँको रिपोर्ट बोर्डर लाइनमा आएकोले शंकास्पद देखिएको छ । फेरि परीक्षण गरिएको र दुई बजे सार्वजनिक गरिने छ ।’