भूपाल सिटौलाको अध्यक्षतामा नेपाली रक्तदाता संघ अष्ट्रेलियाको स्थापना

भूपाल सिटौलाको अध्यक्षतामा नेपाली रक्तदाता संघ अष्ट्रेलियाको स्थापना

अष्ट्रेलिया । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्थाको रुपमा नेपाली रक्तदाता संघ अष्ट्रेलियाकाे स्थापना भएको छ । भूपाल सिटौला अध्यक्ष रहने गरि १७ सदस्यीय कार्यसमिति गठन भएको अन्तराष्ट्रिय नेपाली रक्तदाता संघका महासचिव राहुल रेग्मीले जानकारी दिए । 

नवगठित समितिमा अध्यक्षमा सिटौला, उपाध्यक्ष मुक्ती राम पोख्रेल र प्रकाश खरेल, सचिव प्रकाश लामिछाने, सहसचिब चन्द्र प्रकाश ढकाल र कोषाध्यक्ष रंजीता भण्डारी रहेका छन् । 

त्यसैगरी सदस्यहरुमा उमेश पोखरेल, निरज खतिवडा, ललित मल्ल, अर्जुन गैरे, सिमा थापा, दिवाकर काफ्ले, सुर्य खनाल, ईश्वर कुईकेल, प्रशंना दहाल, अजय राजबन्शी र राज खनाल चयन भएको महासचिव रेग्मीले जानकारी दिए ।