नेकपा सचिवालय बैठक जारी, वामदेवबारे आजै निर्णय हुने

नेकपा सचिवालय बैठक जारी, वामदेवबारे आजै निर्णय हुने

काठमाडौं । नेकपा सचिवालय बैठक  प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।  बैठकले राष्ट्रियसभाका लागि सांसदको सिफारिस गर्ने स्रोतको दाबी छ ।

अर्थमन्त्री युवराज खतिवडाको ६ महिने कार्यकाल भदौं २० गते सकिने भएकाले खतिवडालाई दोहोर्‍याउने या नदोहोर्‍याउने भन्ने निर्णय आजै हुने छ। प्रधानमन्त्री ओलीले खतिवडालाई दोहोर्‍याउन चाहेका छन् भने उपाध्यक्ष वामदेव गौतमले पनि राष्ट्रिय सभामा जाने चाहना राखेका छन् ।

गौतमका पक्षमा बहुमत सचिवालय सदस्य रहेकाले प्रधानमन्त्रीले चाहेजस्तो निर्णय हुन कठिन रहेको छ। यसअघि फागुन १४ गते नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारलाई सुझाव दिएकोले आजको बैठकले पनि गौतमलाई नै राष्ट्रियसभामा पठाउन ओलीलाई दबाव दिने तयारीमा अन्य नेताहरु रहेका छन् ।