उपत्यकाका तीन सिडिओको बैठक बस्दै, निषेधाज्ञा एक हप्ता थप्ने तयारी

उपत्यकाका तीन सिडिओको बैठक बस्दै, निषेधाज्ञा एक हप्ता थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउनेरनबढाउने विषयमा छलफल गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरु बैठक बस्दैछन् । जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ । 

कोरोना संक्रमण बढ्ने क्रम नरोकिएकोले उपत्यकाको निषेधाज्ञा एक हप्ता थपिन सक्ने स्रोतले बतायो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि संक्रमित बढिरहेकोले निषेधाज्ञा थपिने बताइन्।

निषेधाज्ञाको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सिडिओहरु छलफलमा जुटेका हुन् । मंगलबारको बैठकमा निषेधाज्ञा जारी राख्ने र केही खुकुलो गरेर विस्तारै जनजीवन सहज बनाइने निर्णय हुनसक्ने बताइएको छ । 

आज बसेको तीन जिल्लाका प्रजिअको राय बुधबार  गृह मन्त्रालयमा पठाइनेछ । सोही सुझावको आत्रारमा गृह मन्त्रालयले निषेधाज्ञा थप्ने या नथप्ने निर्णय दिनेछ ।