वामदेवको राष्ट्रियसभामा जाने र मन्त्री बन्ने चाहना अधुरै

वामदेवको राष्ट्रियसभामा जाने र मन्त्री बन्ने चाहना अधुरै

काठमाडाैं । सत्तारूढ दल नेकपाका अध्यक्ष एब प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित नगर्ने संकेत गरेका छन् । उनले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्नेबारे कुनै निर्णय नभएको भन्दै त्यस्तो संकेत गरेका हुन् ।

‘यस्तो कुनै निर्णय भएको छैन,’ एक अन्तवार्तामा ओलीले वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न लागेको हो रु भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘एकपल्ट उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने कुरा भएको थियो ।’ गौतमले यसअघि राष्ट्रियसभाको चुनावमा नजाने भनेको समेत खुलासा गरे । त्यसो त नेकपा सचिवालयले गत फागुनमै गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो । ओलीले नै सो निर्णयको कार्यन्वयनमा बाधक बनेका थिए । 

ओलीले अर्थमन्त्री डा युवराज खतिवडा अर्थमन्त्रीमा दोहोरिन पनि सक्ने बताए । खतिवडाले राम्रो काम गरेको समेत बताए । अर्थमन्त्रीमा खतिवडा दोहोरिनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘दुई चार दिन बाँकी छ हेरौं ।’ अर्थमन्त्रीबारे अहिले नै पूर्वानुमान नगर्न  ओलीले आग्रह गरे ।