काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना गरी जम्मा ४१५ जना संक्रमित थपिएका छन् ।
यसअघि विहीबार (हिजो) काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका २७०, ललितपुरका ६६ र भक्तपुरका ४१ जना थिए ।
नेपालभर आज ९२७ जना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।