रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा बसेपछि सचिवालय बैठक स्थगित

रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा बसेपछि सचिवालय बैठक स्थगित

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल सेल्फ आइसोलेसनमा बसेपछि भोलिको लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित भएको खुलेको छ । पोखरेल र थापा  दुवै जना नेकपा सचिवालय सदस्य हुन । उनीहरु बैठक उपस्थित हुन नसक्ने भएपछि नेकपाको सचिवालय बैठक स्थगित गरिएको हो।

गृहमन्त्रालय स्रोतका अनुसार हालै उपत्यका बाहिर एक कार्यक्रममा सहभागी भइका थापा नीजि निवासबाट बाहिर निस्केका छैनन् । घरमा समेत उनी परिवारका अन्य सदस्यसँग पनि टाढै बसेका छन् । थापाले राजनीतिक भेटघाट पनि बन्द गरेका छन् ।

साथै कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यरत कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ।

थापा र पोखरेल सेल्फ आइसोलेसनमा बस्नु परेपछि नेकपाको पूर्व निर्धारीत शनिबार बस्ने भनिएको सचिवालय बैठक बैठक समेत स्थगित भएको छ । स्थगित बैठक १८ भदौका लागि सरेको छ।