उद्योगी तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण

उद्योगी तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफूलाई संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिसकेको र आफ्नो सम्पर्कमा रहेका सबैजनाले संभव सबै सतर्कता अपनाउन आग्रह गर्दै सामाजिक सञ्जालमा जानकारी दिएका छन्।

आफूलाई अहिलेसम्म कुनै लक्षण नदेखिएको पनि उनले जानकारी दिएका छन् ।

'प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ। भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन। यद्यपि, मैले चिकित्सकहरुको सल्लाहअनुसार आफूलाई आइसोलेट गरेको छु। मसँग सम्पर्कमा आउनुभएका जोकहोही पनि सम्भावित जोखिमबाट जोगिनुहोला,' चौधरीले लेखेका छन्।