काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना गरी जम्मा ३०१ जना संक्रमित थपिएका छन् ।
यअसघि मंगलबार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना गरी जम्मा २३२ जना संक्रमित थपिएका थिए ।
यसैबीच काठमाडौंमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आज रातिबाट लागू हुनेगरी निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेका छन् ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ जना पुगेको छ।