पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टायता नेपालमा थप ११ जनाको मृत्यु भएको छ। संक्रमणका कारण महोत्तरीका ३, बाराका २,  कैलालीका २, काठमाडौं, भक्तपुर, बाँके, र  मोरङका एक–एक जनाको मृत्यु भएको हो।  

हिजो मात्र ७ जनाको निधन भएको थियो । नेपालमा हिजोमात्र थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यता कोरोना संक्रमित आक्रमक रुपमा बढेपछि काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेको हो ।

भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँने भएपछि तीनै जिल्लाका प्रजिअको आजको बैठकले निषेधाज्ञा लम्व्याएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा भदौ १७ गते मध्यरातसम्म निषेधाज्ञा जारी रहनेछ । कोरोना संक्रमितको दर दैनिक बढिरहेको भन्दै मंगलबार काठमाडौंका मेयरहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।