काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ गरिने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ गरिने

काठमाडौं । कोरोना संक्रमित आक्रमक रुपमा बढेपछि काठमाडौं उपत्यकाको निषेधाज्ञा थप  कडा पारिने भएको छ । यस विषयमा थप छलफल गर्न आज काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठक बस्दैछ । उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइका लागि आज थप निर्णय हुनेछ ।

आज राति सकिन थालेको निषेधाज्ञा थप ७ दिन थप्ने औपचारिक निर्णय पनि आज हुनेछ । बैठक दिउँसो बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । आजको बैठकले निषेधाज्ञालाई थप कडाइ गर्ने विषयमा ठोस निर्णय लिने उनले बताए ।

स्थानीय प्रशासनले भदौ ३ गते रातिदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लागू गरेको थियो । आज रातिदेखि फेरि एक हप्ता निषेधाज्ञा थप्न काठमाडौं उपत्यका मेयर फोरमको बैठकले सिफारिस गरेको थियो ।