केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपाका १५२ नेताले बुझाए हस्ताक्षर

केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपाका १५२ नेताले बुझाए हस्ताक्षर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरुले तत्काल केन्द्रीय कमिटी बैठकको माग राख्दै पार्टी कार्यालयलमा हस्ताक्षर बुझाएका छन् । नेकपाभित्र विवाद चुलिरहेका बेला १५२ नेताहरुले केन्द्रीय कमिटी बैठकको माग राख्दै बुधबार पार्टी कार्यालय धुम्बाराहीमा हस्ताक्षेर बुझाएका हुन् ।

नेकपाभित्रको विवादकै कारण स्थायी कमिटी बैठक पटक(पटक स्थगित हुँदै आएका बेला उनीहरुले तत्काल केन्द्रीय कमिटी बैठकको माग गरेका हुन् । केही समय पहिलेदेखि नै संकलन गरिएका हस्तक्षार बुधबार अपरान्ह केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाललाई बुझाएका हुन्।

महासचिव विष्णु पौडेललाई हस्ताक्षर बुझाउने भनिए पनि उनी सहभागी नभएपछि पार्टी कार्यालयका सचिवलाई हस्ताक्षर बुझाइएको हो । पार्टीमा पछिल्लो समय विवाद बढ्दै गएको तर सचिवालय र स्थायी समितिले त्यसको समाधान निकाल्न नसकेकाले उनीहरूले केन्द्रीय कमिटी बैठक माग गरेका हुन्।

अहिले विवादको समाधान कसरी हुन्छ भन्ने कुरालाई पार्टीको भविष्यसँग जोडिएकाले यसमा सबैको सहभागिता हुनु पर्ने उनीहरूको भनाइ छ। नेकपाको कुनैपनि कमिटीका २५ प्रतिशतले माग गरेमा बैठक राख्नुपर्ने अन्तरिम विधानमा व्यवस्था गरिएको छ। यसअघि माघको १५ देखि १९ सम्म केन्द्रीय कमिटीको बैठक बसेको थियो।

यस्तो छ सूची