नेकपा स्थायी कमिटी बैठक सकियो, प्रचण्डलाई दिइयो यस्तो जिम्मा

नेकपा स्थायी कमिटी बैठक सकियो, प्रचण्डलाई दिइयो यस्तो जिम्मा

काठमाडौं । विवादास्पद नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आजको बैठक स्थगित गरेपनि अर्का अध्यक्ष प्रचण्डले बैठक चलाएका थिए । बैठकले  अध्यक्ष ओलीसँग सल्लाह गरेर आगामी स्थायी कमिटी बैठक डाक्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । ओलीले बैठक स्थगित गर्नु अनुचित भएको ठहर गर्दै बैठकले ओलीलाई सहमतिमा ल्याउने जिम्मा प्रचण्डलाई दिएको हो । 

बैठकमा भएको छलफल बारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘मंगलबारका लागि बैठकको मिति जारी स्थायी समिति बैठकबाटै तय भएको थियो । सो बैठक विधिविपरित स्थगित भएको सूचना जारी गर्नु उचित थिएन ।’

अध्यक्ष प्रचण्डले आफ्नै अध्यक्षतामा आजको बैठक सञ्चालन गर्दै आजको बैठक स्थगन नभइ स्थायी कमिटी बैठकको निरन्तरता भएको बताएका थिए । बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफ्नो ६ बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए । बैठकमा २९ जना स्थायी कमिटी सदस्य सहभागी थिए ।

ओली पक्षीय सहस्यहरुलाई पनि सहभागीताको लागि आग्रह गरेपनि सहभागी भएका थिएनन् । उनीहरुले उक्त बैठकलाई गुटगत भेलाको संज्ञा दिएका छन् ।