काठमाडौं । वीरगन्ज घर भईर हाल काठमाडौंको महाबौद्ध बस्दै आएका एउटै परिवारका ५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । गत बिहीबार छोरो र छोरीमा कोरोना संक्रमण देखिएको थियो । सोही परिवारको अन्य तीन सदस्यमा पनि कोरोना परीक्षण गर्दा आमा,बुबा र नातिनीमा समेत कोरोना संक्रमण देखिएको पाइएको हो ।
भारतको सीतामणिबाट नातिनी र छोरी करिब १५ दिनअघि काठमाडौको महाबौद्ध आएको स्थानिय बताउँछन् । अन्य तीन सदस्य काठमाडौं बाहिर नगएका र महाबौंद गणेशमन्दिर जाने बाटोमा अण्डर गार्मेन्ट पसल सञ्चालन गर्दै आएको समेत खुलेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले एउटै परिवारका ५जना कोरोना संक्रमित उपचाररत रहेको जानकारी दिए । उनका अनुसार दिदी र भाइलाई गत विहिबार नै कोरोना पुष्टि भएर भर्ना भएका थिए भने आमा,बुबा र (विहिबार भर्ना भएकी छोरीको छोरी) नातिनी आज कोरोना पुष्टि भएर भर्ना भएका जानकारी दिए ।