काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीका अनुसार चार जनामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरूको स्वाब निकालिएको थियो।
'कोरोनासँग मिल्ने लक्षण देखिएपछि हामीले चार जना प्रहरीको स्वाब प्रहरी अस्पतालमा पठाएका थियौं,' उनले भने, 'उताबाट अन्तिम परीक्षणको लागि टेकू पठाएका छन्।' स्रोतका अनुसार प्रधान कार्यालयको सवारी शाखाका ४ जनालाई कोरोन संक्रमण पुष्टि भएको छ।
देशभरि अहिलेसम्म १२० जना प्रहरीलाई कोरोना संक्रमण भएको छ भने तीमध्ये १०० जना निको भएका छन् ।