विश्वमा कोरोनाबाट ६ लाख ४३ हजारको मृत्यु, यी हुन् अति संक्रमित १० देश

विश्वमा कोरोनाबाट ६ लाख ४३ हजारको मृत्यु, यी हुन् अति संक्रमित १० देश

काठमाडौं । विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ७१ हजार ३४७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३ हजार ४१२ व्यक्तिको मृत्यु भएको छ । 

सङ्क्रमितमध्ये हालसम्म ९७ लाख ४ हजार ५९१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५५ लाख ५८ हजार ५९४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।  संयुक्त राज्य अमेरिकामा मात्र ४२ लाख ४८ हजार ७५९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४८ हजार ४९८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३६ लाख २६ हजार ६०५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३१ हजार १५५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४९ लाख ८१ हजार ४३७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ५ हजार ९६८ जनाको मृत्यु भएको छ ।
 
युरोपमा २७ लाख ५९ हजार ७३२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख १ हजार १२४ को मृत्यु भएको छ । एसिया ३७ लाख ५७ हजार ५८० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८७ हजार ४६५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा आठ लाख १४ हजार १६५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १७ हजार १४६ जनाको मृत्यु भएको छ ।  ओसियानामा १५ हजार ६४७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६७ जनाको मृत्यु भएको छ । 

यी हुन् अति संक्रमित १० देश