थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५ पुग्यो

थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । बारा परवानीपुरकी १७ वर्षिय महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  गण्डक कोभिड अस्पताल वीरगंजमा उनको हिजो साँझ मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । 

नेपालमा शनिबार  थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टायता १०६जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १३ हजार ५३ पुगेको छ । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।