काठमाडौं । नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टायता १०६जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १३ हजार ५३ पुगेको छ । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।