काडमाडाैं । जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसमको पूर्वानुमान जारी गर्दै देशभर मनसुनी वायुको प्रभाव परेकाले सामान्य बदली भइ केही स्थानहरुमा वर्षा भइरहेको जनाएको छ । यसका साथै नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको छ ।
यसैगरी, शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।