थप एक कोरोना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

थप एक कोरोना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

पर्सा । वीरगन्जमा शुक्रबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  वीरगन्ज महानगर ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।  वीरगन्जको गण्डक अस्थायी कोबिड अस्पतालको आइशोलेनशमा भर्ना भएर उपचार गराइरहेकी ८५ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्य भएको हो । 

मुटुरोगी ती बृद्धाको स्वास्थ्यमा समस्या देखिएपछि ५ दिन पहिले वीरगञ्जकै एडभान्स हस्पिटलमा भर्ना गरिएको थियो । एडभान्स हस्पिटलमा उपचारका क्रममा कोरोनाको लक्षण देखिएपछि गत मङगलवार उनको स्वाब संकलन गरि परीक्षण गर्दा बुधबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । 

संक्रमण पुष्टि भएपछि उनलाई बिहिबार कोभिड अस्पतालमा ल्याइएकोमा आइशोलेशनमै उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोर्डिनेटर डा। उदयनारायण सिंहले जानकारी दिए । 

यससँगै नेपालको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।