अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऔं : डा. भट्टराई

अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऔं : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतिर जाँदै गरेको भन्दै सकंटमोचनका लागि ५ सुझाव दिएका छन् । उनले शुक्रबार ट्विट गर्दै लोकतान्त्रिक ढंगबाट संकटमोचन गर्न सुझाएका हुन्।

भट्टराईले संकटमोचनका लागि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर नेकपाभित्रबाटै नयाँ प्रधानमन्त्रीको चयन गर्न सकिने भन्दै ५ वटा सुझाव अघि सारेका हुन् । उनले लेखेका छन्, '१, संसद अधिवेशन बोलाऊँ, २, केपी ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं, ३, अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ, भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं ५, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ !'

श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको चर्को आलोचना भइरहेका बेला भट्टराईले अपराधको संरक्षण गर्ने न्यायाधीशलाई पनि महाअभियोग लगाउन पर्ने माग गरेका हुन् ।