नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३ पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३ पुग्यो

काठमाडाैं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ ।  पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृत्यु भयो । उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । बुधबार मात्र २ जना संक्रमितको मृत्यु भएको थियो । 

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको बुधबारमृत्यु भएको छ । महोत्तरी गाउँपालिका ३ मोरईका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । त्यसैगरी हिजो नै काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । ।