ग्रान्डीबाट टिचिङ अस्पतालमा ‘रिफर’ भएका एक संक्रमितको मृत्यु

ग्रान्डीबाट टिचिङ अस्पतालमा ‘रिफर’ भएका एक संक्रमितको मृत्यु

काठमाडौं । काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ।अस्पतालका निर्देशक डा रोहित पौडेलले ५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे।

मंगलबार बेलुका अस्पताल भर्ना भएका उनको आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । मृतक महिलालाई ग्रान्डी अस्पतालबाट टिचिङमा ‘रिफर’ गरिएको थियो। ग्रान्डी अस्पतालमै हुँदा उनमा संक्रमण पुष्टि भएको थियो।

अहिले उनको शव अस्पतालमै राखिएको छ । नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो।