नेपालमा अर्का कोरोना संक्रमितको मृत्यु, मृकको संख्या ४१ पुग्यो

नेपालमा अर्का कोरोना संक्रमितको मृत्यु, मृकको संख्या ४१ पुग्यो

काठमाडौं । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रपिमत पुरुषको मृत्यु भएको छ । महोत्तरी गाउँपालिका ३ मोरईका ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

गम्भिर अवस्थामा अस्पताल ल्याइएका उनलाई कोरोनाले निमोनिया र मिर्गौलामा समस्या रहेको अस्पतालले बताएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । हिजो साँझ ७ बजे मृत्यु भएका उनको गएराती नै नेपाली सेनाको टोलीले दाहसंस्कार गरीसकेको छ ।