ओली अनुपस्थित भएपछि केहीबेर बसेर स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

ओली अनुपस्थित भएपछि केहीबेर बसेर स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक केहीबेर बसेर स्थगित भएको छ । दिउँसो १ बजे बसेको बैठक केहीबेर बसेर स्थगित भएको हो । बैठकमा प्रधानमन्त्री केपी ओली उपस्थिति नभएपछि बैठक केहीबेरमै स्थगिात भएको थियो । 

यद्दपी अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरोमा परेकाहरुको उद्धार तथा राहतका लागि जान भन्दै  आगामी साउन १३ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइएको थियो । 

आजको स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । स्थायी कमिटी बैठकमा थप विवाद उब्जिने देखिएपछि ओली बैठकमा उपस्थीत नभएको बालुवाटार स्रोतको दाबी छ ।