नेकपा स्थायी कमिटी बैठक सुरु, बालुवाटारमै रहेका ओली बैठकमा नगएपछि खैलाबैला

नेकपा स्थायी कमिटी बैठक सुरु, बालुवाटारमै रहेका ओली बैठकमा नगएपछि खैलाबैला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।


प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित भएका छन् । त्यसअघि प्रचण्डसँगको भेटमा उनले आफू बैठकमा आउन नसक्ने जानकारी गराएका स्रोतले जनाएको छ ।

विवाद बढ्दै गएपछि ओलीले यसअघि पनि बैठकमा उपस्थिति जनाएका थिएनन् । हाल बालुवाटारमै रहेर पनि ओली बैठकमा सहभागि नभएपछि आधिकांश नेतहहरुले ओलीप्रति असन्तुष्टि जनाएका छन् ।