महाधिवेशन तयारीलाई निकासको सूत्र बना‍औं : नेकपा प्रवक्ता श्रेष्ठ

महाधिवेशन तयारीलाई निकासको सूत्र बना‍औं : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यतिबेला पार्टी एकताको रक्षा बटमलाइन भएको बताएका छन् । नेकपामा देखिएको विवादले पार्टी फुटको हल्ला चलेका बेला उनले एकताको रक्षा नै बटमलाइन भएको बताएका हुन्।

मंगलबार ट्विट गर्दै श्रेष्ठले लेखेका छन्, 'पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन हो। यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं बिस्तार, समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो।'

उनले पार्टी एकताको रक्षाका लागि महाधिवेशमा जानु पर्ने बताएका छन्। उनले लेखेका छन्, 'पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ।'