सिरहाका ५२ जना कोरोना जितेर घर फर्किए

सिरहाका ५२ जना कोरोना जितेर घर फर्किए

सिरहा । सिरहामा ५२ जना कोरोना जितेर घर फर्किएका छन् ।  जिल्ला सदरमुकाम स्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा रहेका ३३ र महेन्द्र गेनाई अस्पतालमा रहेका १९ जना गरी ५२ जना कोरोना जितेर घर फर्किएको डा सर्वेन्दर मण्डलले बताए ।

चन्द्र माध्यमिक र महेन्द्र गेनाई आइसोलेसनवाट सिरहा नगरपालिका क्षेत्रका ३०, अर्नामा गाउँपालिकाका ३, कल्याणपुर नगरपालिकाका ३, लक्ष्मीपुर पतारी गाउँपालिकाका ७, सखुवानन्कारट्टी गाउँपालिका १, लहान नगरपालिकाका ४, भगवानपुर गाउँपालिकाका ३ र धनगढीमाई नगरपालिकाका ३ जना रहेका छन् । चन्द्र माध्यमिक आइसोलेसनवाट कोरोना जितेर घर फर्किनेमध्ये २७ जनाको पिसिआर र ६ जना आरडिटि परीक्षणका क्रममा संक्रमित देखिएका थिए ।

अनौमा गाउँपालिका ५ की अढाई वर्षीया अनुष्का कामत र सिरहा नगरपालिका ११ की ३ वर्षिया रितु कामती पनि कोरोना जितेर घर फर्किएका छन् । दुवै नाबालिकाका आमा पनि कोरोना संक्रमित थिए ।  सिरहाको दुवै आइसोलेसन सेन्टरमा ३२ जना  संक्रमित उपचाररत छन् ।